ताजा समाचार

प्रदेश १ र वाग्मतीका एक-दुई स्थानमा हिमपात हुने

काठमाडौं । आंशिकदेखि सामान्य मौसम बदली भइ आज प्रदेश १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लागेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपात हुनेछ ।

भोलि (मंगलबार) मौसम बदली भइ प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *