काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई सोमवार भेन्टिलेटरबाट निकालिने भएको छ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएकाले सोमवार भेन्टिलेटरबाट निकालिने भएको हो।
उनको फोक्सोले आफैं काम गर्न थालेको छ। अब कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवार भेन्टिलेटर हटाइनेछ। हातको जलेको भागले काम गर्न थालेकाले अप्रेशन गर्न नपर्ने भएको साथमै मुम्बईमा रहेका माधव न्यौपानेले जनाएका छन्।




