ताजा समाचार

कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । नेपालमा अहिले कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तत्काल वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण

हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।

हाल मौसमको अवस्था

हाल प्रदेश नं. १ का पहाडी भू-भागमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

२०७९ फागुन १ गते (सोमबार)

रातीː  प्रदेश नं. १ का पहाडी भू-भागमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ फागुन २ गते (मंगलबार)

दिउँसोː देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश नं. १ को पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ फागुन ३ गते (बुधबार)

दिउँसोː प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː  देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श

तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको  हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

नोट ː हुस्सु/कुहिरो सम्बन्धी थप जानकारीको लागि हरेक बिहान ९:३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सु/कुहिरो/शितलहर बुलेटिन हेर्नु हुन अनुरोध छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *