समाचार

रास्वपालाई सरकारमा ल्याउने प्रयास जारी छ- एमाले नेता ज्ञवाली

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा ल्याउने कोसिस जारी रहेको बताएको छ ।

एमाले नेता प्रदिप ज्ञवालीले पार्टीको सचिवालय बैठकपछि रास्वपालाई सरकारमा ल्याउने प्रायस जारी रहेको बताएका हुन् ।

नेता ज्ञवालीले भने- ‘रास्वपाले सरकार छाडेको विषयको समीक्षा हुँदै जाला । केही प्रक्रियागत त्रुटिका कारणले समस्या उत्पन्न भएको देखिन्छ ।’

उनले शक्तिको बाँडफाँट अनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो भन्दै एमालेले रास्वपालाई सरकारमा ल्याउने प्रायस जारी रहेको बताए ।

उनले भने- ‘पुस १० गते नयाँ कोर्स निर्माण गर्दा जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ । त्यसअनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो । सरकारमा होल्ड गरिरहनुपर्थ्यो । त्यसमा असमझदारी देखियो । सरकारलाई दिएको विश्वास कायमै छ । हाम्रो तर्फबाट विश्वास कामयै राखेर सरकारमा फर्काउने कोसिस जारी छ । जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने क्रम जारी छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *