ताजा समाचार

मुकुन्द न्यौपानेकाे फरक मत: एमालेसहितको बृहत कम्युनिष्ट एकता (पूणपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी बैठकमा नेता मुकुन्द न्यौपानेले फरक मत राखेका छन् । उनले अध्यक्ष माधव नेपालले शनिबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भइरहेको छलफलका क्रममा आइतबार लिखित रुपमै फरक मत पेश गरेका हुन् ।

उनले पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवादउन्मुख दिशामा लैजान र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा तथा विकास गर्न मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशासहितको कार्यभारलाई आत्मसात गर्न जरुरी भएको बताएका छन् । त्यसका लागि उनले नेकपा एमालेसहितको बृहत कम्युनिस्ट एकतामा जोड दिएका छन् ।

‘आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको वृहत्कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि वढ्नु पर्दछ’, न्यौपानेले आफ्नो फरक मतमा उल्लेख गरेका छन् ।

नेता न्यौपानेले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनताले नेकपा एकीकृत समाजवादीलाईस्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थे्रसहोल्ड सम्म जोगाउन नसकेको बताएका छन् ।

[pdfjs-viewer attachment_id=305530 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/com-Mukunda-Neupane_230204_221509.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/com-Mukunda-Neupane_230204_221509.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *