ताजा समाचार

प्रधानमन्त्रीको प्रस्ताव आएको छ, तर हामी लोभ गर्दैनौँ: उपाध्यक्ष प्रधान

काठमाडौं। राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन्।

शुक्रबार संसद् भवनमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष प्रधानले कांग्रेसतर्फ संकेत गर्दै आफ्नो पार्टीलाई प्रधानमन्त्रीको अफर आएको बताए।

‘ठूला दलहरूबारे हामीले टिप्पणी गर्न मिलेन। कुन विश्वासले आफ्नो गठबन्धन बिग्रियो भन्ने कुरा जनताले हेरिरहेका छन्। हाम्राे दलका अध्यक्षलाई आएको प्रस्ताव उहाँले क्षणिक आधारमा दल परिवर्तन गर्दा हामीले जुन उद्देश्य लिएका छौँ। त्यो प्राप्ति गर्न त्यो कठिन हुन्छ भन्ने उहाँहरूलाई थाहा छ। अध्यक्षलाई प्रधानमन्त्रीको कुराहरू आएका हुन्। त्यो प्रस्ताव आए पनि हामी पद लोलुप छैनौँ,’ उनले भने।

उपाध्यक्ष प्रधानले आफूहरूले स्थिर सरकार चाहेकाले कांग्रेसको प्रस्ताव स्वीकार नहुने बताए। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सुझबुझ पूर्ण तरिकाले आएकाले जनताको अपेक्षाविरुद्ध नजाने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *