राजनीति

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक शुरु, पदाधिकारी टुङ्गो लगाइँदै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि हिजो (बिहीबार) बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । तर बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भन्दै बिहीबार अपराह्न ४ बजेलाई सारिएको थियो ।

नागरिकता विधेयकको पक्षमा मतदानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सांसदहरु संसद भवन पुग्न परेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा माओवादी पदाधिकारी टुङ्गो लगाइने नेताहरुले बताएका छन् । तर अहिलेसम्म कसलाई के जिम्मेवारी भन्ने खुलेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *