ताजा समाचार

नागरिकता विधेयकबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइयाे

काठमाडौं । नागरिकता विधेयकसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रबारे मंगलबार प्रतिनिधिसभामा जानकारी गराइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाएका हुन् ।

पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *