काठमाडौं।नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ ।
पार्टीमा संस्थापन पक्षबाट न्यायोचित व्यवहार नभएको भन्दै कोइराला समूहले आगामी रणनीति बनाउने बारे छलफल गर्न बैठक बोलाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले संस्थापन इतर खेमालाई पूर्णरुपमा बेवास्ता गरेको र त्यस्तो अवस्था आगामी चुनावमा पनि आउन सक्ने भन्दै कोइराला समूहले सभापतिप्रतिको अबको दृष्टिकोण तय गर्ने बताइएको छ ।
आवश्यक परे पार्टीको हरेक निर्णयमा ४० प्रतिशतको हिस्सेदारी खोज्नुपर्ने अवस्था आउने बारे छलफल भइरहेको ती नेताले जानकारी दिए ।




