ताजा समाचार

‘वामपन्थीमध्ये माओवादीलाई पहिलो शक्ति बनाउन सहयोग नगरे अवस्था असहज आउनसक्छ’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई कांग्रेसले वामपन्थीमध्येको पहिलो शक्ति बनाउने गरी सहयोग गर्न आह्वान गरेका छन् । उनले त्यसो नभए अवस्था असामान्य आउने चेतावनी दिएका छन् ।

उनले भने, ‘चुनावी तालमेल गर्दा वामपन्थीहरूको पहिलो दल माओवादी केन्द्र बन्नेगरी गर्नुपर्छ । मैले कांग्रेसलाई पनि त्यसै भनेको छु । यदि त्यसो भए सबै कुरा सहजरूपमा जान्छ नभए जाँदैन ।’

उनले देशमा अरु माओवादीको अर्थ नभएको बताए । विप्लव माओवादी काम छैन, वैद्य माओवादीको पनि अर्थ छैन । बाबुराम त झन् माओवादी नै होइन । देशमा एउटै माओवादी हो, जुन प्रचण्डले नेतृत्व गर्छन् । यसपटक यो प्रमाणित भयो, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *