राजनीति

प्रदीप गिरीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

संसद गिरी हालै भारतको मुम्बुईस्थित अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका थिए ।

गिरीको अवस्था हाललाई सामान्य रहे पनि निकै कमजोर रहेका कारण चिकित्सकीय निगरानीमा राखेर उनको उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *