ताजा समाचार

काठमाडौं उपत्यकामा चल्ने गाडीको भाडा बढ्यो (भाडादरसहित)

काठमाडौं । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी वागमती प्रदेशले भाडा बढाएको हो ।

प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

[pdfjs-viewer attachment_id=249814 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/भाडा-वृद्दि.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/भाडा-वृद्दि.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *