ताजा समाचार

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।

मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् ।

पार्टी सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दु:खी भएको बताउँदै मिश्रले भनेका छन्, ‘गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *