काठमाडौं । सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भन्नुभयो– ‘काठमाडौंसहित केही जिल्लाले केन्द्रको नाम पठाएपछि अन्य पक्रिया शुरू गर्नेछौं ।’ बोर्डले होम सेन्टर गरी परीक्षा गर्ने निर्णय गरे पनि परीक्षा केन्द्रका निरीक्षक हेरफेर गरिने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘कोभिड–१९ संक्रमण नियन्त्रणमा नआउँदै परीक्षा लिनुपरे विद्यालयमै परीक्षा केन्द्र राख्ने र नियन्त्रणमा आए केन्द्र कायम गरी परीक्षा लिने गरी व्यवस्थापन गर्न लागेका छौं ।’
बोर्डको बैठकले यसअघि नै एसईई परीक्षा वैशाख र कक्षा १२ को जेठमा गर्ने निर्णय गरिसकेकोले सोही आधारमा परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहको निर्वाचन जेठमा हुने लगभग पक्का भएकाले तालिका सार्वजनिक गर्न समस्या नभएको बताउनुभयो । दुई तहको परीक्षा गर्ने महिना घोषणा गरेसँगै बोर्डले हिजो आइतबार प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, बोर्डअन्तर्गतको सातवटै प्रदेश कार्यालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख लगायतसँग भच्र्युअल छलफल गरेको थियो ।
आजको नेपाल समाचारपत्रमा खबर छ।




