काठमाण्डौं । भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा काठमाडौँ आउँदै गरेको बा ४ च ५७६ नम्बरको कार राति डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना भएकाे कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको छ । दुर्घटना भएलगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको हाे । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । उनकाे मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।




