ताजा समाचार

नवनिर्वाचित उपसभापति धनराज गुरुङले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटे

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।

मतपरिणाम सार्वजानिकपछि गुरुङ पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका हुन् । पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए । उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धा अब्बल बनाउन लाग्ने बताएका छन् ।

पौडेलले आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने वचन दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *