राजनीति

महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा: गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर

काठमाडौं । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ३४२० मतगणना भइसकेको छ ।

निर्वाचन समितिका अनुसार ताजा परिणाम यसप्रकार छ:

गगनकुमार थापा २२२७

प्रकाश शरण महत ११२७

प्रदीप पौडेल १०३०

मीनेन्द्र रिजाल ६०३

राजाराम कार्की ७७

विश्व प्रकाश शर्मा १३७६

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *