राजनीति

१२ सय मत गन्दा गगन र विश्वप्रकाश नै अघि ,खस्किए प्रदीप

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा शेखर कोइराला प्यानलका महामन्त्री उम्मेदवार गगन थापाले स्पष्ट अग्रता लिइरहेका छन् । एक हजार दुई सय मतको गणना सकिँदा ७५६ मतका साथ गगन पहिलो स्थानमा छन् ।

यसैगरी प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उठेका विश्वप्रकाश शर्माले ४९० मत ल्याउँदै दोस्रो स्थान कायम गरेका छन् । संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतसँग शर्माको कडा टकराव देखिएको छ । पौडेल र महतले क्रमश: ३६९, ३८९ मत ल्याएका छन् ।

शेखर कोइराला पक्षका दोस्रो उम्मेदवार मिनेन्द्र रिजाल भने प्रतिस्पर्धामा पछि पर्दै गएका छन् । उनले २२३ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *