राजनीति

काँग्रेस सभापति निर्वाचन: अहिलेसम्म ७ सय मत खस्यो

काठमाडौँ ।नेपाली कांग्रेसको १४औँ महाधिवेश अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४.४५ बजेसम्म ७०० मत खसेको छ ।

शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भैरहेको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत संकेत गर्न छ स्थान कायम गरिएको छ । मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७: ३० बजेसम्मको समय व्यवस्थापन गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *