काठमाडौं । नेपाली काँग्रेस सभापति पदका पहिलो चरणका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानका लागि शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् । विज्ञप्ति जारी गर्दै दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न निधिले आग्रह गरेका हुन् ।
उनले पहिलो चरणमा भएको मतदानमा आफूलाई मत दिने प्रतिनिधिलाई धन्यवाद पनि दिएका छन् ।





