काठमाडौं।नेपाली काङ्ग्रेस नेतृ सुजाता कोइरालाले आफूले समर्थन गरेका सभापतिका उम्मेदवार प्रकाशमान सिंहकै टिमले राम्रो मत ल्याएर जित्ने दाबी गरेकी छिन् ।
सिंहकै प्यानलबाट उपसभापतिको उम्मेदवारसमेत रहेकी उनले सभापतिका लागि चाहिँ दोस्रो चरणको मतदानसमेत हुनसक्ने अनुमान गरिन् ।
नेपाली काङ्ग्रेसको जारी १४औँ महाधिवशेनको मतदानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भनिन्, ‘एकदमै कम्पिटेटिभ छ, एकदमै कम्पिटिसन छजस्तो लाग्छ । तर दोस्रो चरणमा चाहिँ प्रकाशमानजीको मत राम्रो आउँछ, फस्ट नै आउँछ । पहिलो चरणमा सेकेन्ड त आउँछ आउँछ ।’
उनले सिंहको प्यानललाई राम्रो मत आउने र जित्छ भन्ने नै लागेको बताइन् ।




