राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाइएको छ ।

अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *