ताजा समाचार

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

महोत्तरी । महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।

एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *