काठमाडौ । बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिद कोरोना भाइरसबाट संक्रमित बनेका छन्।
शुक्रबार प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटेको भोलिपल्टै शनिबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको बीबीसीले लेखेको छ ।
शुक्रबार जोन्सनलाई भेट्न अगाडि नै जाभिद बिरामी थिए। यसबीचमा जोन्सन पनि क्वारेन्टिनमा बस्नुपर्ने भनाइहरुकाबीच बेलायती राष्ट्रिय स्वास्थ्य सेवाले प्रधानमन्त्रीले क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ।
कोरोनाविरुद्ध दुवै डोज खोप लगाएता पनि जाभिदमा कोरोनाको संक्रमण भएको हो । बेलायतमा हाल दैनिक ५० हजार भन्दा बढी कोरोना संक्रमित देखिएका छन् । बेलायतमा हालसम्म कोरोनाबाट १ लाख २८ हजार भन्दा बढी कारोना संक्रमितको मृत्यु भइसकेको छ ।




