समाचार

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न कांग्रेस शिक्षा विभागको आग्रह

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बनेका  पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।     

बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको नित्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *