काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २३ सय ९८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसाार ७ हजार ५८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९ सय ५४ जना एन्टिजेन विधिबाट गरी कुल ११ हजार १२ जनाको परिक्षण गरिएको हो ।
यही अवधिमा थप २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोभिड–१९ बाट २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन्।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ रहेको छ । संक्रमित मध्ये ६ लाख २३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ९४१२ पुगेको छ ।




