काठमाडौ । चिनियाँ स्याउ तस्करी प्रकरणमा चार जना प्रहरीलाई दोषी ठहर गरिएको छ ।
छानबिनका लागि गठित प्रहरीको टोलीले सुनसरीको नाकाबाट तस्करी गरी भारत पुर्याइएको चाइनिज स्याउको सम्बन्धमा चार जनालाई कारबाहीको सिफारिस पनि गरेको छ।
भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए। कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ। अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ।
स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ।




