समाचार

राइड सेयरिङ कम्पनी टुटल र पठाओ भोली देखी चल्ने

काठमाडौ । सरकारले भोली दिने निजी सवारी साधन तथा ट्याक्सीमा चल्ने भएपछि राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने भएका छन्।

सरकारले लागू गरेको जोरबिजी सुजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो। त्यस्तै ट्याक्सी पनि जोर बिजोर प्रणालीमा चल्न दने भएको थियो ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओले जनाएको छ ।


कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि सञ्चालन भएका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *