काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । यस सँगै भारतमा कोरोनाका हासम्मका संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार भन्दा बढी छ । भारतमा आज देखिएको कोरोना भाइरस संक्रमणको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ ।
त्यस्तै भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै केरला र कर्नाटकमा नयाँ संक्रमितको संख्या २४ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि २१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भारतमा २० करोड ५७ लाख डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएकोस्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय संग तथ्याङ े छ ।




