काठमाडौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अक्सिजन अभाव भएपछि उपचाररत भेन्टिलेटरका बिरामीलाई अन्य अस्पतालमा सारेको छ ।
अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचारका लागि समस्या भएपछि भेन्टिलेटरका बिरामी समेत अन्य अस्पतालमा सार्नुपरेको बताएको छ । केएमसि अस्पतालमा हाल ५८ भेन्टिलेटर कक्ष रहेपनि अक्सिजनको अभावमा बिरामी बिहिन भएको अस्पतालले बताएको छ । त्यस्तै अस्पतालले नयां बिरामी भर्ना गर्न नसक्ने बताएको छ । अस्पताल प्रशासन भन्छ, “सरकारले कोटा प्रणाली अनुसार केएमले जम्मा ५० वटा अक्सिजन पाउने गरेको छ, अधिकासं कोरोना संक्रमित अक्सिजन दिने अवस्थामा हुन्छन् । नयां कोराना बिरामीलाई भर्ना लिन नसक्ने भनी फर्काउनु परेको छ । ” ६ सय बेड क्षमताको अस्पतालमा हाल १०७ जना कोरोनाको बिरामीको उपचार भइरहेको छ ।




