पर्सा । पछिल्लो ११ घण्टामा वीरगन्जका अस्पतालहरुमा ७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार साँझ नारायणी अस्पतालमा वीरगन्ज–१० की ६९ वर्षीया महिलाको मृत्यु भएको हो । सोमबारै साँझ ६ बजेर ३० मिनेटमा नारायणी अस्पतालमै वीरगन्ज–४ की ४० वर्षीया महिलाको मृत्यु भएको छ ।
त्यस्तैगरी नारायणी अस्पतालमा वीरगन्ज–९ का ५५ वार्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार बिहान १ बजेर ५० मिनेटमा वीरगन्ज –१५ की ५७ वर्षीया महिलाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ ।
मंगलबार बिहान १ बजेर २० मिनेटमा वीरगन्ज–६ की ७६ वर्षीया महिलाको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार बिहान ३ बजे बुनियाद–१ बाराकी ५५ वर्षीया महिलाको उचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको छ ।
मंगलबार बिहान ५ बजेर ५० मिनेटमा नारायणी अस्पतालमा पर्सा जगरनाथपुर गाउँपालिका–१ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।




