ताजा समाचार

कस्तो रहँला आगामी तीन दिनको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ ।
बुलेटिन अनुसार हाल देशका केही पहाडी भू(भागमा आंशिक बदली रहि अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज सामान्यतः देशभरको मौसम सफा रहेपनि भोली र पर्सी भने केही बदली हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् समीर श्रेष्ठका अनुसार मंगलबार र बुधबार पश्चिमी मौसमी प्रणालीको प्रभावका कारण प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १० गते (सोमवार)

दिउँसोः प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन ११ गते (मंगलवार)

दिउँसोः देशका पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन १२ गते (बुधबार)

दिउँसोः देशका पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

रातीः प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *