काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाइ न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । सोको उपचारको लागि आज उनी भारतको नयाँ दिल्ली जाँदै छन् ।
चिकित्सकहरुले उनको पेटमा न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेको ृजनको प्रेस सल्लाहाकार विश्वदिप पाण्डेले जानकारी दिए ।
दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
पत्नी हिसिला र प्रेस सल्लाहकार विश्वदीप पाण्डेका साथमा बाबुराम दिल्लीमा उपचार गराउन जाँदै छन् ।




