ताजा समाचार

काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस


काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको न्यूनतम तापक्रममा पनि केहि गिरावट आएकोले चिसो महसुस गरिएको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो काठमाडौंमा तापक्रम १७–१९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्ले बताएका छन् ।

आज देशका प्रदेश नं. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै राति प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकि भू भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशको सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक -दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *