काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प भएको धारणा राखेका छन् ।
मंगलबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको धारणाा राखेका हुन् ।
‘संसद विघटनको वैधानिकताको परीक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ’, उनले लेखेको छन्, ‘तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।’
उनले केपी ओली कदमविरुद्ध राजनीतिक दलहरुले गरिरहेका छलफल र बनाइरहेका गठबन्धनलाई ‘घोडा व्यापार’ को संज्ञा दिएका हुन् ।




