एजेन्सी । बलिउडका चर्चित निर्माता करण जोहर १४ दिने आइशोलेशनमा बसेका छन् । उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै उनको परिवारनै आइशोलेशनमा बसेका हुन् ।
सोमबार एक ट्वीटमार्फत उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।
करण जोहरको परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ । सबैको नेगेटिभ आएको पनि जोहरले बताएका छन् । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेशनमा हुनेछौं ।’ उनले कोरोना संक्रमितको सहयोगीको उपचार भइरहेको र कोरोनालाई जित्ने विश्वास पनि व्यक्त गरेका छन् ।




