
उदयपुर।देशकै सबै भन्दा बढि कोरोना भाईरस बाट संक्रमित उदयपुरमा स्वास्थ्य सामाग्री अभाब भएको भन्दै स्वास्थ्यकर्मीको गुनासोलाइ सम्बोधन गर्दै उदयपुर बाट निर्बाचित संघीय सांसद डा. नारायण खड्काले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री डा. खड्काले बिपद ब्यबस्थापन जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीमार्फत स्वास्थ्य कार्यलय उदयपुरलाइ अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।
स्वास्थ्य परिक्षणका समयमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ सामाग्रीको अभाब भएको भन्दै पिपिइ , एन ९५ माक्स,सर्जिकल ग्लाेब , सर्जिकल माक्स ,सेनिटाइजर लगायत अत्यावश्यक सामाग्रि जिल्ला प्रशासन कार्यलय मार्फत स्वास्थ्य कार्यलयलाइ उपलब्घ गराएकाे डा. खड्काले बताए ।
प्रतिनिधि सभा सदस्य डा. खडकाले चौदण्डीगढी नगरपालिकाले निर्माण गरेको आइसोलेसन वार्ड र कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपलिका -३ भुल्के अनुगमन निरिक्षण गरेका छन । यस क्षेत्रमा २९ जना कोरोना संक्रमित छन ।
यसअघि डा. खडकाले ८ वटै स्थानीय तहलाइ लकडाउनका कारण अप्ठ्यारोमा परेका बिपन्न परिवा र असंगठित क्षेत्रका श्रमिकका लागि ८ हजार केजि चामल उपलब्ध गराएको चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राइले जानकारी दिए ।
