ताजा समाचार

हिन्दी गीतको भिडियो नेपाली अभिनेत्री रिस्ता

काठमाडौं । पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् ।
गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ‘साथिया तेरे बिना’ गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ । टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा पनि व्यस्त छन् ।
गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्याले निर्देशन गरेका छन् ।

Songs Link   :- https://www.youtube.com/watch?v=FP0NpUalzV0&feature=share&fbclid=IwAR1Rz0NW5Fduc_pGSMzswTwD8VMqjmf6FXlv8OEI994G6TBx0nO0GQXs1cU

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *