राजनीति

प्रविना अधिकारी अखिल(क्रान्तिकारी) छात्रा बिभागको प्रमुखमा चयन !

चितवन । अखिल(क्रान्तिकारी)को केन्द्रिय छात्रा बिभाग प्रमुखमा प्रविना अधिकारी चयन भएकी छिन् ।

सम्पति र सत्तामा समान सहभागीता ,शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता, भन्ने मुल नारासहित भाद्र २५ र २६ गते दुइ दिन सम्म चलेको चितवनको केन्द्रिय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

माओवादी(केन्द्रका उपमहासचिव एबं उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि पम्फा भुषालले रामपुर स्थित कृषी क्याम्पसमा उद्घाटन गरेको भेलालाई
अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह सहित चर्चित पुर्व बिध्यार्थी नेतृ कञ्चन खनाल , माओवादी(केन्द्र) चितवन अधयक्ष आर।सी अधिकारी लगायतले प्रशिक्षण दिएको बिधर्याथी नेतृ मुना काप्रीले जनाकारी दिइन् ।

मुलुकभरबाट ५०० छात्रा प्रतिनिधी सहभागी रहेको भेलामा सात वटै प्रदेशबाट दुई–दुई जनाले प्रतिनिधिमुलक रिपोर्टीङ राखेका थिए ।

चितवन स्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दशत्रले बिभागको उपप्रमुखमा बिध्यार्थी नेतृहरु देवकी कार्की र पर्वति शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको अखिल(क्रान्तिकारी)नेतृ मुना काप्रीले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *