फिचर

काठमाडौंका सडकमा फेरि निस्किए राता मान्छे (तस्बिर)

काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले आज काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको छ । आजको प्रदर्शनमा एक लाख जनता उतार्ने घोषणा गरिएको थियो । काठमाडौंका नौवटा नाकाबाट विभिन्न जिल्लाबाट आएकाको जुलुस निकालिएको छ ।

यतिबेला काठमाडौंका मुख्य सडकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी भइरहेको छ । विगतको भन्दा आज नाराबाजी सभ्य देखिएको छ । कसैप्रति लक्षित नभई प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी भइरहेको छ । जुलुसको नेतृत्व प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डेलगायतले गरिरहेका छन् । सुर्खेतमा रहेका माधवकुमार नेपाल दिउँसो आइपुग्दैछन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आज माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्केको छन्। जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *