मुम्बई । सिरियल किसरको नामले परिचित बलिउड अभिनेता इमरान हाश्मीले चलचित्रमा चुम्बनकै कारण आफ्नी पत्नी धेरै दिन रिसाउने गरेको बताएका छन् । त्यसको सजाय स्वरुप लाखौं रुपैयाँको सपिङ गर्नु परेको पनि यी अभिनेताले खुलासा गरेका छन् ।
‘जब एक समय यस्तो थियोकी हरेक चलचित्रमा मेरो गहिरो चुम्बन दृश्य राखिन्थ्यो । तर यो चुम्बनका लागि मैले पारिवारिक रुपमा कति कष्ट भोग्नुपरेको थियो भन्ने कुरा मलाई नै थाहा छ ।’ इमरानले भनेका छन् ।
पर्दामा हुने यस्तो अनस्क्रिन किस तथा रोमान्स दृष्य ट्रेलर तथा हलको पर्दामा आएपछि उनकी पत्नी निकै रिसाउँथिन् । धेरैदिनसम्म उनीहरुबीच बोलचाल बन्द हुन्थ्यो । सुरुका दिनमा पत्नी यसरी रिसाउन थालेपछि इमरानले त्यसपछि चलचित्रमा किस सिन दिनुभन्दा अघि घरमा श्रीमातीलाई जानकारी गराएर अनुमति समेत लिनुपर्ने भएको थियो ।
‘यसरी श्रीमतीलाई किस सिनको ’boutमा जानकारी गराएर अनुमति लिनु पर्दा मेरो बैंक ब्यालेन्स खाली हुन थालेको थियो ।’ कारण’bout उनले भने,‘चलचित्रमा चुम्बन दृष्य गरेपछि श्रीमतीलाई फकाउनको लागि मैले सपिङमा लानु पथ्र्यो र उनी यस्तो बेलामा निकै महँगो सपिङ गर्थिन । जसका कारण कहिले काही त मेरो बैंक ब्यालेन्स नै खाली हुन्थ्यो ।’
एनडीटीभीसँगको कुरामा इमरानले यो कुरा खुलासा गर्दै आजकाल त्यस्तो समस्या नपरेको बताएका छन्, ‘हो, यो केही वर्ष पहिलेको कुरा हो ! आजकाल चलचित्रमा चुम्बन दृष्य दिनु नपरेका कारण त्यो नियम अब नरहेको पनि यहाँहरुलाई जानकारी गराउँदछु ।’
यसरी चुम्बन गर्दा कहिल्यै अप्ठेरो तथा दिक्क लागेन भन्ने प्रश्नामा उनले अनस्क्रिन चुम्बनलाई कहिल्यै घृणा नगरेको र आफ्नो अभिनय भनेर कर्तब्य पुरा गरेको बताए ।
आजकाल पहिलाको जस्तो चलचित्र आफुसँग नभएको र कहीले काही पाउने भूमिकामा पहिलाको जस्तो चुम्बन दृष्य दिनु नपरेको पनि यी अभिनेताले बताएका छन् । यस्तो दृष्य दिनु नपरेपछि सपिङको लागि श्रीमतीबाट पनि किचकिच सुन्न नपरेको पनि इमरानको कथन छ,‘पहिला पो धेरै चलचित्र थिएर सबैमा चुम्बन दृष्य दिन्थे । पैसा पनि राम्रो कमाई थियो र श्रीमतीलाई सपिङ पनि खुब गर्थें ।’ उनले थपे,‘आजकाल काम पनि छैन र बैंक व्यालेन्स पनि सकियो । त्यसैले आजकाल सपिङ गरिदिनु परेको छैन ।’




