मनोरञ्जन

एसीको बिषयमा झगडा हुन्छ करिना र सैफबीच

मुम्बई । अभिनेत्री करिना कपुरले श्रीमान एवम् अभिनेता सैफ अली खानसँग आफ्नो बाक्लै झगडा हुने गरेको खुलासा गरेकी छन् । तर, सैफले करीनासँग सानोतिनो कुरामात्र झगडा हुने बताएका छन् ।

तथा सैफ र करिनालाई बलिउडको पावर कपल भनिन्छ । यी दुवैले सन् २०१२ मा विवाह गरेका थिए । अहिले दुवैका दुई सन्तान छन् । यी जोडी प्रायः छुट्टी मनाउन सन्तानसँग जाने गरेका छन् ।

छुट्टीको क्रममा भ्रमणमा रहेकी अभिनत्रेी अभिनेत्री करिनाले सैफको ’boutमा निकै रोचक कथा सुनाएकी छिन् । आपसी ठाक्क ठुक्क हुँदा आफुले बिचको बाटो अपनाउने गरेको पनि अभिनेत्रीले बताएकी छिन् ।

कस्तो कुरामा प्राय सैफसँग कचकच हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा आफुहरुबीच बेडरुमदेखि गाडीसम्म एसीको तापक्रमलाई लिएर बेला बेलामा झगडा हुने गरेको उनले बताएकी छिन्,‘सैफलाई १६ को तापमानमा एसी चाहिन्छ र मलाई २० को तापमानमा चाहिन्छ । दुबैलाई सहय होज भनेर हामीले १८ वा १९ ताममानमा एसी सेट गर्छौं ।’ तर घरमा खाना खाने बेलामा एसीलाई २५ तापमानमा पु¥याउने गरेको पनि उनले बताईन् ।

आफुहरुबीच खाने कुरामा पनि बेला बेलामा झगडा हुने गरेको पनि यी अभिनेत्रीले बताएका छन् । करीना कपुरको भनाईमा उनीहरु खाना खान बस्दा सैफले थोरै भए पनि खाना थप्न कर गर्छन । मायाँ गरेर श्रीमानले खाना थप्न कर गर्दा आफु उल्दै रिसाउने गरेको यी अभिनेत्रीले बताएकी छिन्,‘तथापि म भगवानलाई धन्यवाद दिन्छु, किनकी मैले बेबो (सैफ) जस्तो असर मान्छेसँग विवाह गरें ।’

कहिलेकाही आफुहरुबीच कुनै काम समयमा हुन नसक्दा पनि सामान्य झगडा हुने गरेको पनि यी अभिनेत्रीले खुलाएकी छिन् । करिनाको भनाईमा समयको प्रसँगमा सैफ निकै पक्का छन् । आफुले तोकेको समय भन्दा ठिला गर्दा सैफ रिसाउने गरेको र त्यसलाई आफुले स्वभाविक रुपमा लिने गरेको पनि यी अभिनेत्रीको कथन छ । उनी यस्ता झगडालाई सामान्य रुपमा लिन्छिन् । यस्तो सानातिना झगडाले सम्बन्ध अझ रमाईलो हुने यी अभिनेत्रीको कथन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *