मनोरञ्जन

ऐश्वर्या चाँडै घर फर्कने अभिषेकको विश्वास

मुम्बई । घरायसी झडगापछि घर छाडेर माईत गएकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ६ महिना बितिसक्दा पनि घर फर्किएकी छैनन् । जसका कारण अभिषेक बच्चन र ऐश्वर्या रायको सम्बन्धविच्छेद हुने हल्लाले बलिउडमा झनै चर्चा पाएको छ ।

तर आफु सम्बन्ध सुधार्ने पक्षमा रहेको अभिनेता अभिषेकले बताएका छन् । अम्बानीको छोराको विवाहमा पुगेका यी अभिनेताले आफुहरुको सम्बन्ध चाँडै सुमधर हुने विश्वासमा आफु रहेको सञ्चारकर्मीलाई बताएका छन् ।

विवाहमा अभिषेक र ऐश्वर्य दुबै सहभागी भए पनि सँगै भने देखिएनन् । अभिषेकसँग ऐश्वर्यालाई नदेखेपछि सञ्चारकर्मीहरुले यी अभिनेतासँग यस्तो जिज्ञासा राखेका थिए । पछिल्लो हल्लाको ’boutमा आफुले कुनै प्रतिक्रिया दिन नचाहेको अभिषेकले बताए । अन्तर्वार्तामा आफूबीच झगडा भएको उनले स्वीकार गर्दै त्यसको कारण पनि बताए ।

‘अहिले पनि म बाटै कुनै गल्ती भएको छ भने उनीसँग माफी माग्छु ।’ अभिषेकले सञ्चारकर्मीसँग भने । दम्पत्तिमा सामान्य खटपट हुनुलाई ठुलो रुपमा नलिन पनि उनले आग्रह गरेका छन् । आफुले बिगतका कुरालाई इगोको रुपमा मनमा नलिएको पनि उनले बताएका छन् । अम्बानीको विवाहमा अभिनेता ऐश्वर्याले भने भिडियासँग कुनै पनि कुरा गरेकी छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *