मनोरञ्जन

जन्हबी कपुर बेहोस भएपछि अस्पताल भर्ना

मुम्बई । बलिउड अभिनेत्री जान्हवी कपुर बेहोस भएर लडेपछि उनलाई भर्ना गरिएको छ । उनलाई दुई दिनदेखि बिसन्चो थिए । खानामा विषाक्तताका उनी विरामी थिईन् । बिहिबार बिहान आफ्नो चलचित्र ‘उलझ’ को प्रचार प्रसारको लागि घरबाट बाहिर निक्लन लाग्दा उनी बेहोस भएर ढलेकी हुन् ।

उनलाई बिहीबार नै अस्पताल भर्ना गरिएको छ । टाइम्स नाउको रिपोर्ट अनुसार बुधबार विरामी भएर आराम गरेकी जान्ह्वीलाई विहिवार पनि घरमै आराम गर्न परिवारले सल्लाह दिएका थिए । तर घरमा बेचैन महसुस गरेकी उनी घरबाट बाहिर निकल्न लाग्दा बेहोस भएर ढलेकी हुन् ।

उनी अस्पताल भर्ना भएसँगै चलत्रिच उलझको प्रचार प्रसारको कार्यक्रम केही दिनको लागि स्थगित गरिएको छ । बुधबारको तुलनामा बिहिबार उनको अवस्था अझ बिग्रिएका कारण स्लाईन पानी दिएर उपचार गराईरहेको चिकित्सकहरुले जनाएका छन् ।

‘उहाँ निकै कमजोर हुनुहुन्छ । फुड प्वाईजन्स भएपछि उहाँले राम्रोसँग खाना नखानु भएका कारण कमजोर हुनु भएको हो ।’ चिकित्सकले भने,‘ उहाँको रगत र अरु कुरा परिक्षणमा पठाईएको छ । अब शुक्रबार रिपोर्ट आएपछि उहाँलाई थप उपचार गर्ने या डिस्चार्ज गर्ने भन्ने निर्णय हामी गर्नेछौं ।’

यद्यपी जान्हवीले यस रिपोर्टमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । १५ जुलाईबाट अभिनेत्री जान्ह्वीको चलचित्र ऊलझको प्रचार प्रसार कार्यक्रम राखिएको थियो ।

गत हप्ता, जान्हवी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा पुगेकी थिईन् । विवाहमा उनले यी दम्पत्ति र अम्बानी परिवारलाई आफ्नो चलचित्र उलझ प्रिमियरमा हेर्नका लागि निम्ता समेत गरेकी थिईन् ।

अभिनेत्री जान्हबी अब जुनियर एनटीआर र सैफ अली खानसँग अर्को चलचित्र ‘देवरा’ मा प्रस्तुत भएकी छिन् । यस्तै राम चरणसँगको चलचित्र ‘आरसी१६’ र वरुण धवनसँग करण जोहरको चलचित्र ‘सनी संस्कार की तुलसी कुमारी’ मा पनि यी अभिनेत्रीले अभिनय गरेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *