मनोरञ्जन

हलमा बन्देज, डिजिटल प्लेटफर्ममा भाइरल फिल्महरु

काठमाडाैं । कोरोना भाइरसको कारण लकडाउन भएपछि ओटीटी प्लेटफर्मले लोकप्रियता पायो । विश्वभर मानिस आ-आफ्नै घरमा रहँदा मनोरञ्जनको लागि डिजिटल प्लेटफर्म प्रयोग भए । तर, केही समय अगाडिसम्म अवस्था फरक थियो । दर्शक फिल्म हेर्न प्राय हलमै जाने गरेका थिए । उक्त समयमा पनि सार्वजनिक प्रदर्शनको लागि अनुमति नपाएका केहीँ फिल्म डिजिटल प्लेटफर्ममा लोकप्रिय भएका थिए ।

यी फिल्महरुलाई त्यसका दृश्य या सन्देशले समाजमा विकृति ल्याउने कारण देखाउँदै प्रदर्शनमा रोक लगाइएको थियो । हामी यहाँ केही यस्तै फिल्मको बारेमा चर्चा गर्दैछौ, जसलाई सार्वजनिक प्रदर्शनको त अधिकार दिइएन तर पनि इन्टरनेटमा भने सर्वाधिक हेरियो ।

फिफ्टी शेड्स अफ ग्रे 

सन् २०१५ मा रिलिज भएको फिल्म हो ‘फिफ्टी शेड्स अफ ग्रे’ । फिल्मलाई भारतसँगै धेरै देशमा रिलिज गर्ने अनुमति दिइएन । डकोटा जॉनसन र जेमी डोरनन अभिनित फिल्ममा यी दुईको अन्तरग दृश्यको कारण रिलिज गर्न रोकिएको थियो । फिल्ममा यी दुइको बोल्ड सिन काट्दा फिल्मलाई असर पर्ने र नकाट्दा देखाउन नमिल्ने भएकोले पनि फिल्म धेरै देशमा रिलिज हुन् सकेन । यद्यपि ओटीटी प्लेटफर्ममा यसले राम्रो दर्शक पायो । 

नेबर्स 

सन् २०१४ मा रिलिज भएको फिल्म ‘नेबर्स’ ले पनि राम्रै चर्चा पायो । निकोलस स्टोलर स्टारर फिल्ममा मिडल एज कपलको स्टोरी देखाइएको छ । फिल्ममा देखाइएको रोमान्सको दृश्यको कारण फिल्म निकै चर्चामा आएको थियो ।

अमेरिकन पाई सीरीज

सन् १९९९ बाट २०१२ रिलिज भएको अमेरिकन पाईको सिरिजले पनि राम्रै चर्चा पायो । स्कुल र कलेजको विद्यार्थीहरुको कथा देखाइएको फिल्ममा पनि अन्तरंग दृश्यलाई धेरै नै स्पेस दिइएको थियो । यसैले गर्दा पनि यो फिल्मलाई पनि हल प्रदर्शनमा रोक लगाइयो । यद्यपि यसले डिजिटल प्लेटफर्ममार्फत निर्माण पक्षलाई राम्रो मुनाफा दियो । 

अमेरिकन ब्यूटी

सन् १९९९ मा रिलिज भएको फिल्म ‘अमेरिकन ब्युटी’ पनि निकै चर्चामा आएको फिल्म हो । साम मेन्देसको निर्देशनमा तयार फिल्ममा एक व्यक्तिको अन्तरंग सोचलाई देखाउन खोजिएको छ । यसैले गर्दा फिल्ममा हलमा रिलिज गर्न दिइएन । 

सेक्स टेप

सन् २०१५ मा रिलिज भएको फिल्म ‘सेक्स टेप’ ले पनि अन्तरंग दृश्यका कारण निकै चर्चा पायो । एक विवाहित कपलले आफ्नो सेक्सलाई टेपमा क्याप्चर गर्छन् र त्यो हराउँछ । त्यसपछि आउने परिस्थिति फिल्ममा देखाइएको छ । फिल्ममा कैमरन डियाज र जेसन सेजल मुख्य भूमिकामा छन् ।

फ्रेन्ड्स विद बेनिफिट्स

सन् २०११ मा रिलिज भएको फिल्म ‘फ्रेन्ड्स विद बेनिफिट्स’ मा जस्टिन टिम्बरलेक र मिला कुनिसको अभिनय दर्शकले डिजिटल प्लेटफर्ममै हेरे । यस रोमान्टिक कमेडी फिल्ममा देखाइएको बोल्ड सिनको कारण यसलाई पनि हल प्रदर्शनमा रोक लगाइयो । 

टेड

सन् २०११ मा रिलिज भएको फिल्म ‘टेड’ लाई सेथ मैकफरलानले निर्देशन गरेका हुन् । यस फिल्मलाई पनि देखाइएको अन्तरंग दृश्यले चर्चामा ल्याएको थियो ।

एन्टीक्रिस्ट

सन् २००९ मा रिलिज भएको फिल्म ‘एन्टीक्रिस्ट’ बोल्ड सिनकै कारण चर्चामा आएको थियो । फिल्मको सुरुवात नै अन्तरंग दृश्यबाट हुने भएकोले पनि यस फिल्मका दृश्य सेन्सरलाई काटन मुस्किल पर्‍यो, सार्वजनिक रुपमा हल प्रदर्शनको लागि भने इजाजत पाएन ।

बोराट

सन् २००६ मा रिलिज भएको फिल्म ‘बोराट’ पनि निकै चर्चा पायो । साचा बैरान कोहेन स्टारर यस फिल्मको पोस्टर नै विवादमा आएको थियो ।

शेम

सन् २०११ मा रिलिज भएको फिल्म ‘शेम’ पनि बोल्ड सिनकै कारण चर्चामा आयो । फिल्मलाई स्टीव मेकक्वीनले डाइरेक्सन गरेका हुन् । माइकल फास्बेंडर र कारे मुलिगन स्टारर यस फिल्ममा सेक्स एडिक्टकै कथा देखाइएको छ ।

यसका साथै सन् २०१३ मा रिलिज भएको फिल्म डन जन, सन् २००४ मा रिलिज भएको फिल्म साँ र यूरोट्रिप पनि बोल्ड सिन कै कारण चर्चामा आए । यी फिल्मलाई हलमा हेर्न त बन्देज लगाइयो तर इन्टरनेटमा भने यी फिल्म नै सर्वाधिक हेरियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *