काठमाडौँ । गायक प्रताप दासको ‘भट्टीवाली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
राम कृष्ण महराको शब्द रहेको गीतमा सिद्धान्त परियारले संगीत भरेका छन् । संगीत संयोजन भने नारायण दंगालको छ । गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ।
जीवन शाहीको निर्देशनमा तयार भएको गीतको भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेता फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।




