काठमाडौं । रियालीटी शो ‘चितवन आइडल २०७०’ को उपाधि विजेता गायक केदार बरुवाल क्षेत्रीले आफ्नो नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वजनिक गरेका छन्।
युगल गायनमा समावेश यस गीतमा केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको नै रहेको छ। उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा नायक नाजिर हुसेन र सम्पदा बानिया बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफिसिएल युट्युव च्यानल – केदार बरुवाल क्षेत्री अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।
यसअघि गायक क्षेत्रीले ‘जब तिमी’, ‘एक पल,कति थियो सपनाहरु, ‘मन छोड़ी’,’एकतर्फी माया’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक क्षेत्रीले सम्पुर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।




