मनोरञ्जन

नेहा कक्कड़ले आफ्ना फ्यानलाई फेरी झुक्काइन्

काठमाडौँ । बलिवुडकी चर्चित गायिका नेहा कक्कडले फेरी एक पटक सामाजिक संजाल र मिडियालाई बेबकुफ बनाएकी छन् ।


केहि दिन अघि सामाजिक संजालमा आफ्नो पेट ठुलो भएको तस्वीर सार्बजनिक गरेपछि सामाजिक संजाल र मिडियामा नेहा बिवाह हरेको दुई महिनामा आमा बन्न लागेको निकै चर्चा भएको थियो ।

तर नेहा आमा बन्न लागेको झुटा साबित भएको छ । नेहाले आफ्नो नयाँ गीतको प्रचारका लागि सो तस्वीर पोष्ट गरेको खुलासा भएको छ । नेहाले सामाजिक संजालमा सो गीतको कभर तस्वीर सार्बजनिक गरेपछि सो खुलासा भएको हो । नेहाको नयाँ गीत ख्याल राख्या कर’ २२ डिसेम्बरमा सार्बजनिक हुन लागेको उनले जानकारी गराएकी छन् ।

पहिलो फोटो सार्बजनिक भएपछि सामाजिक संजालमा विवाहको दुई महिनामै गर्भवती भएको भन्दै कैयौं किसिमका मेम बनाएर नेहालाई ट्रोल गरिएको थियो ।

त्यसो त नेहाले आफ्ना फ्यान र मिडियालाई झुक्काएको पहिलो पटक भने होइन । यस अघि पनि इण्डियन आइडलको प्रमोशनका लागि शोका प्रस्तोता आदित्यनारायणसँग विवाह गर्न लागेको भन्दै प्रोमो चलाइएको थियो ।

करिब एक महिना नेहा र आदित्यले विवाह गर्न लागेको भन्दै सामाजिक संजाल र मिडियामा चर्चा भएपछि सो कुरा झुटा साबित भएको थियो ।

https://www.instagram.com/nehakakkar/?utm_source=ig_embed