काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका वर्षा सिवाकोटीको विवाहको चर्चा सुरु भएको छ । पूर्वपत्नी मीना ढकालसँग तीन वर्ष पहिले सम्बन्धविच्छेद गरेका गजुरेल दोस्रो बिहे गर्ने तयारी गरेका छन् । गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् ।
उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । यो बीचमा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भनेर केहि अनलाइनहरुमा खबर आएपछि वर्षा आफैंले यस विषयमा बोलेकी छिन् ।
चलचित्र ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा आफ्नो अभिनय यात्रा बढाएकी चर्चित नायिका वर्षा सिवाकोटीले एक फेसबुक स्टाटस राख्दै उक्त समाचार गलत्त भएको बताएकी छिन । वर्षाको फेसबुक स्टाटस यस्तो रहेको छ ।





