मनोरञ्जन

‘माया देकै हो’ बजारमा

काठमाडौँ । गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

युट्युब तीन लाख ४० हजार बढीले हेरिसकेको जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन तथा गायक थापाकै सङ्गीत छ । गीतको भिडियोमा रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।

सङ्गीतकार थापाका गीतले युट्युबमा पनि उत्तिकै भ्यूज बटुलिरहेको बताइएको छ । उनका धेरै गीत करोड क्लबमा छन् । उनले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युबमा छ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको वर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरिएको छ ।